बहराइनमा थप ३१ नेपालीमा कोरोना संक्रमण पुष्टि, के भन्छ दूतावास ?

काठमाडौं । बहराइनमा थप ३१ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बहराइनस्थित नेपाली दूतावासले थप ३१ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ ।

दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो । बहराइनमा यो समाचार तयार पार्दासम्म ३ हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने ८ जनाको कोरोनाको कारण मृत्यु भएको छ ।

बहराइनमा अहिले सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको समेत छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?