काठमाडौं- पश्चिमी अफ्रिकी मुलुकका प्रधानमन्त्री नुनो गोमेज नाबियमलाई कोरोना भाइरस ‘कोभिड – १९’ को संक्रमण भएको पुष्टि गरिएको छ ।
उनीसँगै अन्य तीनजना मन्त्रीलाई समेत कोरोना संक्रमण पोजेटिभ देखिएको त्यहाँका जनस्वास्थ्य मन्त्री एन्टोनियो देउनाले राष्ट्रिय टेलिभिजनमार्फत् जानकारी दिएका छन् ।
उनीहरुलाई राजधानी बिसाउस्थित क्वारेन्टाइनमा राखिएको थियो । उनको मंगलबार गरिएको नोभेल कोरोना भाइरसको परीक्षणका क्रममा संक्रमण भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
महामारीको फैलावटको बिरूद्ध लड्न त्यहाँको सरकारले सीमाना, रेष्टुरेन्टहरू, बारहरू, पूजा गर्ने ठाउँहरू र विद्यालयहरू बन्द गर्ने लगायतका प्रतिबन्धात्मक उपायहरू कायम राख्नुपर्ने निर्णय समेत गरेको छ । मान्छे भिडभाडमा समेत प्रतिबन्ध गरिएको न्यूज डट याहो डटकमले जनाएको छ ।
गिनी बिसाउमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ भने एकजनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्री एन्टोनियो डिउनाले संक्रमणको दर बढ्नसक्ने भन्दै सजग र सचेता रहन चेतावनी दिएको समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया