बेलायतका प्रधानमन्त्री जोन्सनलाई पुत्रलाभ

काठमाडौं । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनलाई पुत्रलाभ भएको छ । ५५ वर्षीय जोन्सन र उनकी ३२ वर्षीय प्रेमिका क्यारी साइमंडलाई बेलायतको एक अस्पतालमा आज बिहान पुत्रलाभ भएको हो । प्रधानमन्त्री बोरिस जोन्सन कोरोनाको संक्रमणका कारण अस्पतालबाट डिस्चार्ज भएपश्चात केहि समय आरामगरेर भएर दुईदिन अघिमात्र काममा फर्किएका थिए ।

तेस्तै उनकी प्रेमिका साइमंडलाई पनि कोरोनाको लक्षण देखा परेका कारण आइसोलेसनमा बसेकी थिइन् । आमा तथा शिशु दुवैको स्वास्थ्य अवस्था राम्रो रहेको प्रधानमन्त्रीका प्रवक्ताले जानकारी गरेका छन् । गत मार्च महिनामा उनीहरुले आउँदो समरको शुरुमा बच्चा हुने घोषणा गरेका यही बेलायतको प्रधानमन्त्रीको कार्यालय ‘टेन डाउनिंग स्ट्रीट’ मा अविवाहित जोडीको रुपमा भित्रिने प्रधानमन्त्रीमा बोरिस जोन्सन पहिलो भएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्रीले सन् २०१८ मा आफ्नो २५ वर्षीय बैवाहिक सम्बन्धबाट अलग भएपछी उनको क्यारी साइमंडसंग प्रेम सम्बन्ध शुरु भएको थियो । अघिल्लो श्रीमती मारिना मिलरका साथमा उनका दुई छोरा र दुई छोरी गरि चार सन्तान रहेका छन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?