काठमाडौं । उत्तरी सीरियाको आफरीनमा इन्धनले भरिएको ट्रकमा हमला हुँदा ३६ जनाको ज्यान गएको छ । इन्धन बोकेको ट्रक बजारबाट इन्धन भरेर गईरहेको बेला हमाला भएको स्थानीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
विस्फोटमा टर्की समर्थित बिद्रोही समेत अन्य गरेर ३६ जनाको ज्यान गएको छ भने ४७ जना घाईते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
ट्रक विस्फोटका कारण त्यहाँ नजिक रहेको पसल तथा होटलहरुमा ठूलो क्षति भएको बताइएको छ । अहिलेसम्म हमलाको जिम्मेवारी कुनै पनि आतंककारी संगठनले लिएको छैन ।
A fuel truck bomb killed 36 people including at least 6 Turkey-backed rebel fighters in a northern Syrian city controlled by Ankara's proxies, a war monitor said: AFP news agency
— ANI (@ANI) April 28, 2020
केहि मानिसहरु हमलामा परेर जिउँदै जलेको खबर प्रकाशित भएको छ । ब्रिटेनको एक निगरानी समूह सीरियन ओब्जभेटरी फर ह्युमन राइट्सका अनुसार स्थानीय सरकारको कार्यालय नजिकै सोमवार दोश्रो प्रहरको समयमा अफरिनको केन्द्रिय सूक अली क्षेत्रमा रहेको बजारमा इन्धन बोकेको ट्रकमा बिस्फोट भएको थियो ।
टर्की रक्षा मन्त्रालयका अनुसार बिस्फोटमा परेर ११ बच्चा सहित ३६ जनाको ज्यान गएको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया