राष्ट्रपति ट्रम्पले लगाए चीनमाथि विश्वभर कोरोना भाइरस फैलाएको आरोप !

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोना भाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाएका छन् । कोरोना भाइरस फैलाउन केवल चीनको भूमिका भएको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो प्रशासनले चीनबारे अनुसन्धान गरिरहेको बताएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरस रोकथामका लागि चीनले चालेको कदमबारे आफ्नो प्रशासनले अत्यन्त गम्भीर ढङ्गले चीनमाथि अनुसन्धान गरिरहेको बताएका छन् ।

गत शुक्रवारपछि पहिलो पटक कोरोना भाइरस सम्बन्धी पत्रकार सम्मेलन गर्दै ट्रम्पले चीनबारे टिप्पणी गरेका हुन् । ट्रम्पले आफूहरू चीनसँग अप्रसन्न रहेको बताए ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको अवस्थाप्रति पनि आफू खुसी हुन नसक्ने धारणा राख्दै भने, किनकि यस कोरोना भाइरस लाई मूलमै रोक्न सकिन्थ्यो । चाँडै रोक्न सकिन्थ्यो। र, यो विश्वभरि फैलिएको हुँदैनथ्यो ।

कोरोनाभाइरस महामारीको विषयमा ट्रम्पले चीनको वारंवार आलोचना गर्दै आएका छन् ।

एजेन्सी

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?