काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण हालसम्म विश्वभर २ लाख ९ हजार १ सय ३२ जना मानिसको ज्यान गइसकेको छ । भने यो समाचार तयार पार्दासम्म विश्वभर ३० लाख २७ हजार १ सय ९२ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् ।
त्यस्तै हालसम्म संक्रमितमध्ये ५७ हजार ४ सय ६१ जना मानिसको अवस्था गम्भिर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । भने हालसम्म ८ लाख ९५ हजार ६ सय ६८ जना मानिस कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण संयुक्त राज्य अमेरिकामा ५६ हजार १ सय ३९ जना मानिसको ज्यान गइसकेको छ । भने हालसम्म ९ लाख ९५ हजार २ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज मात्र त्यहाँ ७ सय २६ जना मानिसको कोरोनाको कारण ज्यान गएको र ८ हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया