कोरोनाको कारण साउदी अरबमा १४४ जनाको मृत्यु, यस्तो छ अन्य खाडी देशको अवस्था

काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स युएइमा कोरोनाको कारण ७६ जना मानिसको ज्यान गइसकेको छ । भने १० हजार ३ सय ४९ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै खाडी मुलुक कतारमा यो समाचार तयार पार्दासम्म ११ हजार २ सय ४४ जना मानिसमा कोरोना संक्रमण देखिएको र १० जना मानिसको कोरोनाको कारण ज्यान गइसकेको छ । त्यस्तै आज मात्र ९ सय ५७ जनामा थप कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अर्को खाडी राष्ट्र कुवेतमा कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २२ जना मानिसको ज्यान गइसकेको छ । भने त्यहाँ ३ हजार २ सय ८८ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । साथै ती मध्ये १हजार १२ जना उपचारपछि निको भएको तथ्यांकले देखाएको छ ।

त्यस्तै अर्को खाडी मुलुक साउदी अरबमा कोरोनाको कारण हालसम्म १४४ जना मानिसको ज्यान गइसकेको छ । भने १८ हजार ८ सय ११ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ ।

यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर २ लाख ९ हजार २ सय २७ जना मानिसको मृत्यु भइसकेको छ । भने ३० लाख २९ हजार ३ सय २३ जना मानिसमा कोरोना संक्रमण देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?