अभिनेता इरफान खानलाई मातृशोक

काठमाडौं । बलिउड अभिनेता इरफान खानकी आमाको निधन भएको छ । अभिनेता खानकी ८० वर्षीया आमा सईदा बेगमको शनिवार मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

लामो समयदेखि बिरामी रहेकी उनको निधन भएको पारिवारिक श्रोतले बताएको छ ।

कोरोना भाइरसको महामारीका कारण अभिनेता इरफान भने आमाको अन्तिम संस्कारमा जान नपाएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?