भारतमा ६ लाख बढीले गराए कोरोना परीक्षण, २६ हजार भन्दा बढी संक्रमित

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म २ लाख ५ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ । भने हालसम्म २९ लाख ७१ हजार ९ सय ३६ जना मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यस्तै ३ प्रतिशत अर्थात ५७ हजार ५ सय ५३ जनाको अवस्था गम्भीर रहेको छ । भने ८ लाख ७३ हजार ८ सय ६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोनाको कारण छिमेकी मुलुक भारतमा हालसम्म ८ सय २६ जना मानिसको मृत्यु भएको छ । भने २६ हजार ९ सय १७ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । त्यस्तै कोरोना संक्रमित मध्ये ५ हजार ९ सय ३९ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् । भने भारतमा हालसम्म ६ लाख २५ हजार ३ सय ९ जना मानिसले कोरोना परीक्षण गराएका छन् । त्यस्तै आजमात्रै त्यहाँ कोरोनाको कारण १ जनाको मृत्यु भएको र ६ सय ३४ जना नयाँ संक्रमित थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?