पाकिस्तानी सीमामा मुठभेड, २ सैनिक सहित ९ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तान र पाकिस्तानको सीमामा आईतवार मुठभेड भएको छ । वजीरिस्तानको कबायली जिल्लामा भारीमात्रामा हतियारसहितका आतंकवादीहरुले सुरक्षाबल माथि आक्रमण गरेका हुन् ।

हमलामा परेर दुई सैनिक सहित ९ जनाको ज्यान गएको छ । पाकिस्तानी सेनाले आतंककारीसहित दुई सैनिकको मृत्यु भएको जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

पाकिस्तान सेनाका अनुसार शनिवार पाकिस्तान र अफगानिस्तान सीमा नजिक दत्ता खेल तहसीलको टूटनारई क्षेत्रमा हमला भएको थियो । हमला पछि सुरक्षा कारवाहीमा परेर २ सैनिक सहित ९ जनाको ज्यान गएको बताइएको छ ।

साथै एक आतंकवादीलाई गिरफ्तार गरेको पाकिस्तानी सेनाले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताएका छन् भने ५ जना सैनिक घाईते भएका छन् ।

पाकिस्तानी अधिकारीका अनुसार उत्तरी वजीरिस्तानलाई आतंकवादीहरुको कब्जाबाट मुक्त गरिएको थियो । त्यसबेला केहि आतंककारी भने अफगानिस्तान फरार भएको र अहिले आतंककारी हमला गरिरहेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?