काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभर यो समाचार तयार पार्दासम्म २ लाख १ हजार ८३ जनाको मृत्यु छ भने २८ लाख ८८ हजार २४० जनालाई संक्रमण देखिएको छ ।
त्यस्तै ८ लाख २९ हजार ६२३ जना निको भएका छन् । त्यस्तै ५८ हजार २ सय ७७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५३ हजार १ सय ९४ जनाको ज्यान गएको छ भने ९ लाख ४४ हजार ८०५ जनालाई संक्रमण देखिएको छ ।
त्यस्तै बितेको २४ घण्टामा अमेरिकामा १९ हजार ५ सय ७३ जना संक्रमित थपिएका छन् भने त्यस्तै वितेको २४ घण्टामा नै अमेरिकामा १ हजार १ जनाको आज मृत्यु भएको छ । अमेरिकामा अहिलेसम्म १५ हजार १ सय जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा अहिलेसम्म ५० लाख भन्दा धेरैमा कोरोना संक्रमणको परिक्षण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया