कोरोना भाइरस : चीनमा ४९ जनाको अवस्था गम्भीर

काठमाडौं । वैश्विक स्तरमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको कारण विश्वमा अहिलेसम्म १ लाख ९८ हजार ५२३ जनाको ज्यान गएको छ भने २८ लाख ५५ हजार ६९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८ लाख १५ हजार ८७७ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने विश्वमा ५८ हजार ३०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै चीनमा आज मात्रै कोरोना भाइरसका थप १२ नयाँ संक्रमित थपिएका छन् । योसँगै चीनमा जम्मा संक्रमितको संख्या ८२ हजार ८१६ पुगेको छ भने मृतकको संख्या ४ हजार ६३२ रहेको छ ।

त्यहाँ ४९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?