ट्रम्पको सल्लाहलाई चिकित्सकले बताए घातक, आलोचना पछि ट्रम्प भन्छन् ‘मजाक गरेको थिएँ’

काठमाडौं । कोरोना भाइरसको महामारीले अहिले विश्वलाई ग्रस्त बनाएको छ । महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ९७ हजार ७०३ जनाको ज्यान गईसकेको छ भने २८ लाख ३७ हजार ४६३ जनालाई संक्रमण भएको छ ।

यसैबीच अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले कोरोनाभाइरसको उपचारका लागि अल्ट्राभोइलेट किरण वा डिस्इन्फेक्टेन्ट्सलाई शरीरमा सूईमार्फत् प्रवेश गराउने विषयमा अनुसन्धान हुनुपर्ने विषयलाई लिएर जारी गरेको वक्तव्यको चारैतिर विरोध हुन थालेपछि ट्रम्पले आफूले त्यसमा हासीमजाक गरेको बताएका थिए ।

उनको वक्तव्यलाई लिएर चारैतिर विरोध हुन थालेपछि उनले आफ्नो वक्तव्यमा ट्विस्ट थपेर वक्तव्य सच्याएका हुन् । डाक्टरले यसले विनाशकारी नतिजा निम्त्याउन सक्ने बताउँदै यसको व्यापक आलोचना गरिरहेका छन् । ट्रम्पले उक्त बयानको विषयमा आफ्नो बचाउ गर्दै भने, ‘मैले त मजाक गरेको थिएँ ।’

विज्ञान एवं प्रौद्योगिकी विषयमा गृह सुरक्षा मन्त्रालयका उपमन्त्री बिल ब्रायनले वैज्ञानिक अध्ययनको जानकारी दिँदै कोरोना भाइरस अत्याधिक गर्मी भएको ठाउँमा आफैँ नष्ट भएर जाने बताएका छन ।

ब्रायनको यहि टिप्पणी पछि ट्रम्पले कोरोना भाइरस संक्रमित व्यक्तिको शरीरमा इन्जेक्सनद्वारा रशायन हाल्न मिल्छ कि मिल्दैन भनेर सोधेका थिए । उनले यस बारेमा अध्ययन गर्दा झनै राम्रो हुने बताएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?