कोरोनाका कारण भारतमा ७ सय ८० जनाको मृत्यु, कति पुगे संक्रमित ?

काठमाडौं- छिमेकी मुलुक भारतमा हालसम्म कोरोना भाइरसका कारण ७ सय ८० जनाको मृत्यु भइसकेको छ । २४ हजार ५ सय ३० जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या ५ हजार ४ सय ९८ रहेको छ ।

भारतले आवश्यक सुरक्षाका उपाय अपनाएर पसलहरू खोल्न दिने भएको छ । तर पसलमा ५० प्रतिशत भन्दा बढी कामदार राख्न पाइने छैन । कामदारहरूले मास्कको अनिवार्य प्रयोग र दुरी कायम गर्नुपर्नेछ ।

उता कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि श्रीलंकामा २४ घण्टा कर्फ्यू लगाइएको छ । शुक्रबार ४६ जनामा संक्रमण देखिए पछि श्रीलंकामा २४ घण्टा कर्फ्यू लगाइएको बीबीसीले जनाएको छ । यो समाचार तयार पार्दासम्म श्रीलंकामा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ । ७ जनाको मृत्यु भएको छ । कर्फ्यू उल्लंघन गर्ने ३० हजारलाई नियन्त्रणमा लिएको छ ।

चीनको वुहानबाट गत डिसेम्बर अन्तिम साताबाट सुरु भएको कोरोना भाइरस ‘कोभिड- १९’ को महामारीका कारण विश्व दुनियाँ त्रसित छ । यस भाइरसको संक्रमणबाट यो समाचार तयार पार्दासम्म विश्वभर १ लाख ९७ हजार ४ सय जनाको मृत्यु भएको छ भने २८ लाख ३४ हजार २ सय ८९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै स्वास्थ्य लाभ गरी घर फर्किनेको संख्या ८ लाख ७ हजार ७ सय २२ रहेको छ ।

यो भाइरसले विश्वका २ सय १० देशमा फैलिएर आतंक मच्चाइरहेको छ ।

संसारको शक्तिशाली मानिने देश अमेरिकामा हालसम्म कोरोना भाइरसका कारण ५२ हजार २ सय १७ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै ९ लाख २५ हजार ७ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । आजैमात्र अमेरिकामा २४ जनाको मृत्यु भएको छ भने ५ सय २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

उता स्पेनमा भने २२ हजार ५ सय २४ जनाको कोरोनाको कारण मृत्यु भएको छ । त्यस्तै २ लाख १९ हजार ७ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । तर शनिबार मध्यान्नसम्म स्पेनमा नयाँ संक्रमित देखिएका छैनन् भने मृतक पनि बढेका छैनन् ।

त्यस्तै युरोपमा बढी क्षति पुगेको देश ईटलीमा भने २५ हजार ९ सय ६९ जनाको मृत्यु भएको छ भने १ लाख ९२ हजार ९ सय ९४ जनामा संक्रमण देखिएको छ । भने २ हजार १ सय ७३ जना संक्रमिको अवस्था गम्भिर छ ।

उता जर्मनीमा ५ हजार ५ सय ६७ जनाको मृत्यु भएको छ भने १ लाख ५५ हजार ५४ जनामा कोरोना संक्रमण देखिएको छ । जर्मनीमा स्वास्थ्यलाभ गरी घर फर्किनेको संख्या १ लाख ९ हजार ८ सय जना रहेको छ ।

त्यस्तै यता बेलायतमा १९ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने १ लाख ४३ हजार ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको छ । यता क्यानडामा २ हजार ३ सय २ जनाको मृत्यु भएको छ भने ४३ हजार ८ सय ८८ जनामा कोरोना संक्रमण देखिएको छ ।

त्यस्तै अष्ट्रेलियामा ८० जनाको मृत्यु भएको छ भने ६ हजार ६ सय ९५ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै रसियामा ६ सय १५ जनाको मृत्यु भएको छ भने ६८ हजार ६ सय २२ जनामा कोरोना संक्रमण देखिएको छ ।

उता भाइरसको उद्गमस्थलको देश चीनमा भने ४ हजार ६ सय ३२ जनाको मृत्यु भएको छ भने ८२ हजार ८ सय १६ जनामा कोरोना संक्रमण देखिएको छ । शनिबार मात्रै चीनमा १२ जनामा कोरोना फेला परेको छ ।

कोरोना महामारीका बीच अर्को संकट : वैज्ञानिकले ग्राफ जारी गर्दै दिए चेतावनी

कोरोना फैलाएको अमेरिकाको आरोपमाथि बोल्यो चीन

अदृश्य दुश्मनको हमला भन्दै राष्ट्रपति ट्रम्पले गरे अमेरिकावासी विदेशीका लागि ‘बोल्ड’ निर्णय

रिसर्चबाट खुल्यो रहस्य : अधिकांश मानिस यस कारण कोरोनाको शिकार बने

कोरोना भाइरसको औषधि कहिले सम्म बनिसक्छ ? के भन्छन् वैज्ञानिक ?

के मृत शरीरबाट पनि कोरोना फैलिन्छ ? वैज्ञानिकले गरे यस्तो खुलासा !

‘डब्ल्युएचओ’विरुद्ध खनिए राष्ट्रपति ट्रम्प, गरे अप्रत्यासित निर्णय

कोरोना महामारीका बीच जापान सागरमा उत्तर कोरियाले हान्यो मिसाइल

दुष्परिणामका लागि तयार रहन चीनलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

कोरोना भाइरसबाट बच्न उत्तर कोरियाले दियो आफ्ना नागरिकलाई यस्तो सल्लाह

‘एन्टीबडी टेस्ट’बाट खुल्यो रहस्य, डब्ल्युएचओले दियो यस्तो चेतावनी !

ठाउँ बदल्दै महामारी : पानीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण !

भारतमा एकै परिवारका २६ जनालाई कोरोना संक्रमण

कोरोना भाइरसका बीच अमेरिकामा एकपछि अर्को खतरा ! ‘हाई अलर्ट’ जारी

‘सेप्टेम्बर’सम्म कोरोनाविरुद्धको औषधि बनिसक्ने वैज्ञानिकको दाबी

११ वर्ष अगाडिदेखि थालिएको थियो कोरोनाको अनुसन्धान, यसरी मच्चियो हाहाकार !

यसरी लिइन्छ कोरोना ‘टेस्ट’को ‘स्याम्पल’, के हो पीसीआर टेस्ट ?

कोरोना संक्रमण भएको कति दिनपछि श्वास फेर्न समस्या हुन्छ ? १ देखि १० दिनबीचमा देखिन्छन् यी समस्या

नयाँ स्टडीबाट पत्ता लाग्यो रहस्य : मानिसमा यसरी फैलिएको थियो कोरोनाको संक्रमण !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?