भारतमा आक्रामक बन्दै महामारी : एकैदिन ५९ जनाको गयो ज्यान

काठमाडौं । कोरोना भाइरसको महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ९७ हजार २४५ जनाको ज्यान गएको छ भने २८ लाख ३० हजार ५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ९८ हजार ७७२ जना उपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच छिमेकी देश भारतमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म ७८० जनाको ज्यान गएको छ भने २४ हजार ४४७ जनालाई संक्रमण भएको छ भारतमा ५ हजार ४९६ जना उपचार पछि निको भएका छन् ।

भारतमा पछिल्ला दिनहरुमा कोरोना भाइरसको महामारीले आक्रमक रुप लिईरहेको छ । शुक्रवार मात्रै भारतमा कोरोना भाइरसको महामारीका कारण ५९ जनाको ज्यान गएको छ भने १ हजार ४०८ नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?