कोरोना भाइरस : अमेरिकाको अवस्था भयावह, एकैदिन १९ सय बढीको मृत्यु

काठमाडौं । विश्व यतिबेला कोरोना भाइरसको महामारीबाट ग्रस्त छ । विश्वका २१० देशहरुमा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामारीका कारण यो समाचार तयार पार्दासम्म विश्वमा १ लाख ९७ हजार २४५ जनाको ज्यान गएको छ भने २८ लाख ३० हजार ५१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ९८ हजार ७७२ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५८ हजार ५२३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच कोरोना भाइरसको महामारीका कारण हत्यन्त प्रताडित देश अमेरिकामा यो समाचार तयार पार्दासम्म ९ लाख २५ हजार ३८ जनालाई संक्रमण भएको छ भने ५२ हजार १८५ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म अमेरिकामा १५ हजार ९७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकाको न्युयोर्कमा मात्रै कोरोना भाइरसका कारण २१ हजार २९१ जनाले ज्यान गुमाएका छन् भने २ लाख ७७ हजार ४४५ जनालाई संक्रमित भएको छ ।

त्यस्तै न्युजर्सीमा अहिलेसम्म १ लाख २ हजार १९६जनालाई संक्रमण भएको छ भने ५ हजार ६१७ जनाको ज्यान गएको छ ।

अमेरिकामा शुक्रवार मात्रै ३८ हजार ७६४ जना नयाँ संक्रमित थपिएका छन् भने शुक्रवार नै अमेरिकामा १ हजार ९५१ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?