काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म विश्वमा १ लाख ९३ हजार १८३ जनाको ज्यान गएको छ भने २७ लाख ६० हजार ९६७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ७ लाख ६२ हजार ९०७ जना उपचार पछि निको भएका छन् भने ५८ हजार ६९८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच विश्वका २१० देशमा आफ्नो प्रकोप फैलाएको कोरोना भाइरसका कारण अमेरिकामा अहिलेसम्म ५० हजार ३७० जनाको ज्यान गएको छ भने ८ लाख ८९ हजार ३९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै आज मात्रै अमेरिकामा महामारीबाट १३४ जनाको ज्यान गएको छ भने २ हजार ९४९ नयाँ संक्रमित आजै थपिएका छन् ।
अमेरिकामा यो समाचार तयार पार्दासम्म १५ हजार ४२ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्युयोर्कमा मात्रै अहिलेसम्म २० हजार ८६१ जनाको मृत्यु भएको छ भने २ लाख ६८ हजार ५८१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै अमेरिकाको न्युजर्सीमा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण ५ हजार ४२८ जनाको ज्यान गएको छ भने १ लाख २५ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया