काठमाडौं । कोरोना भाइरस रोकथामका लागि सबै किसिमको भेलामा रोक लगाएको इन्डानेसियामा सयौं मानिस रमजानका लागि भेला भएका छन् ।
इन्डोनेसियाको अचे प्रान्तमा सयौंको मानिसहरु बिहीबार रमजान मनाउन भेला भएका हुन् । सरकारले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको नियम मिच्दै उनीहरु रमजान मनाउन भेला भएका छन् । उनीहरुले रमजानका क्रममा कुममा कुम जोडेर प्रार्थना गरेका थिए । तरावीह प्रार्थनाका लागि उनीहरु बैतुररहमान ग्राण्ड मस्जिदमा भेला भएका थिए ।
कोरोना भाइरसको महामारी छिटै अन्त्य होस् भनी अल्लाहसँग प्रार्थना गरिरहेको उनीहरुले बताए ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया