काठमाडौं । कोरोना भाइरसको कारण यो समाचार तयार पार्दासम्म ब्राजिलमा २ हजार ९ सय ४० जना मानिसको ज्यान गइसकेको छ ।
हालसम्म ४६ हजार ७ सय १ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै आज मात्र ब्राजिलमा ९ सय ४४ जना मानिसमा कोरोना संक्रमण पाइएको तथा ३४ जना मानिसले आजै मात्र ज्यान गुमाइसकेका छन् ।
हालसम्म २५ हजार ३ सय १८ जना मानिस उपचारपछि निको भएर घर फर्किएका छन् भने ८ हजार ३ सय १८ जना मानिसको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर १ लाख ८८ हजार ५९ जना मानिसको मृत्यु भइसकेको छ । भने २६ लाख ९२ हजार ५ सय ७९ जनामा कोरोना संक्रमणको शिकार भएका र ७ लाख ३८ हजार ४ सय २८ जना उपचारपछि निको भएर घर फकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया