अमेरिकाको न्युयोर्कमा मात्रै २० हजार बढीको मृत्यु, संक्रमित ह्वात्तै बढे

काठमाडौं । कोरोना भाइरसको महामारीले यतिबेला सारा विश्व ग्रस्त छ । महामारीका कारण विश्वमा अहिलेसम्म १ लाख ८४ हजार २२५ जनाको ज्यान गईसकेको छ भने २६ लाख ३७ हजार ७१८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख १७ हजार ७९० जना उपचार पछि निको भएका छन् भने ५६ हजार ६८० जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसको महामारीका कारण ४७ हजार ६७६ जनाको ज्यान गएको छ भने ८ लाख ४८ हजार ९९४ जनालाई संक्रमण भएको छ ।

त्यहाँ आजमात्रै कोरोना भाइरसका कारण १७ जनाको ज्यान गईसकेको छ भने आज नै २७७ जना नयाँ संक्रमित थपिएका छन् ।

अमेरिकामा १४ हजार १६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । त्यस्तै अमेरिकाको न्युयोर्कमा अहिलेसम्म कोरोना भाइरसको कारण २० हजार ३५४ जनाले ज्यान गुमाएका छन् भने २ लाख ६२ हजार २६८ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्युजर्सीमा ५ हजार ६३ जनाको ज्यान गएको छ भने ९५ हजार ८६५ जनालाई संक्रमण भएको छ ।

अमेरिकामा बुधवार मात्रै कोरोना भाइरसको महामारीका कारण २ हजार ३४१ जनाको ज्यान गएको छ भने बुधवार नै अमेरिकामा २९ हजार ९७३ जना नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?