निको भए उहान शहरका कोरोना संक्रमित २ डाक्टर

काठमाडौं । चीनको उहान शहरमा बिरामीको उपचार गर्दा– गर्दै कोरोनाबाट संक्रमित हुन पुगेका दुई डाक्टर उपचारपछि निको भएका छन् । तर, उनीहरुको छालाको रंग बदलिएर कालो भएको छ ।

डाक्टर यी फान र डाक्टर हु विईफिङको उमेर ४२ वर्ष भयो । उनीहरुमा उहान केन्द्रीय अस्पतालमा काम गर्दै गर्दा १८ जनवरीमा कोरोना संक्रमण पुष्टि भएको थियो । चिनियाँ सरकारी सञ्चारमाध्यम सिसिटिभीका अनुसार दुबैलाई उहान पुल्मोनारी अस्पताल लगियो र त्यसपछि दुईपटक अन्यत्र सारियो ।

भाइरसले कलेजोमा क्षति पु-याएपछि उनीहरुमा हर्मोनल असन्तुलन देखिएको र छालाको रंग बदलिएको यस सञ्चारमाध्यमको समाचारमा उल्लेख छ ।

तर, सुरुवातदेखि उनीहरुले सेवन गरेको औषधीको असरका कारण छाला कालो भएको एक डाक्टरको अनुमान छ ।

कार्डियोलोजिस्ट यीलाई संत्रमmण देखिएपछि बचाउनका लागि ३९ दिनसम्म लाईफ सर्पोट मेसिन (एक्स्ट्राकोर्पोरियल मेम्ब्रान अक्सिजेसन– इसिएमओ) प्रयोग गरिएको थियो ।

ओपन हर्ट जसरीमा प्रयोग हुने हर्ट– लङ बाइपास मेसिनले जस्तै यो मेसिनले पनि पम्प गर्ने र बिरामीको रगतलाई शरीर बाहिर अक्सिजेनेट गर्ने गर्छ ।

‘जब म पहिलो पटक होशमा आएँ र आफ्नो अवस्था थाहा पाएँ, त्यसपछि आत्तिए, मलाई अन्धकारजस्तै महसुस समेत भएको थियो, ’ यीले अस्पतालको बेडबाट सिसिटिभीसँग भनेका छन् ।

उपचारमा संलग्न डाक्टर लि सुसइङका अनुसार युरोलोजिस्ट हु, ९९ दिनसम्म अस्पतालको बेडमा छन् र ७ फेब्रअरीदेखि २२ मार्चसम्म इसिएमओ थेरापी गर्नुपर्दा अहिले निकै कमजोर छन् । उनले ११ अप्रिलबाट बल्ल बोल्न थालेको डाक्टरले बताए । उनले बिस्तारै छालाको रंग पुरानै अवस्थामा फर्कने अनुमान गरिएको बताए ।

यी र हु दुबै डाक्ट लि वेनलियाङसँगै काम गथ्र्यें । लि वेनलियाङले नै पहिलोपटक कोरोनाका विषयमा गोप्य जानकारी बाहिर ल्याएर सर्वसाधारणलाई सचेत गराएका थिए, यी डाक्टरलाई यसबापत चीन सरकारले सुरुमा कारबाही पनि गरेको थियो । कोरोनाकै कारण ७ फेब्रुअरीमा उनको निधन भयो ।

अहिले यी र हु दुबैलाई उनीहरुले अनुभव गरेको पीडाबाट उकास्नका लागि मानसिक रुपमा चिकित्सकहरुले सहयोग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?