खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका क्रममा खटिएका स्वास्थ्यकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
नगरपालिकाले विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा व्यवस्थापनका क्रममा खटिएका स्वास्थ्यकर्मी र कार्यालय सहयोगीलाई प्रोत्साहनभत्तासम्बन्धी कार्यविधि तयार बनाइ प्रोत्साहन भत्तासमेत प्रदान गर्ने निर्णय गरिएको नगरप्रमुख राईले बताए।
नगरकार्यपालिकाको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न नगरपालिकाबाट विनियोजित बजेट रकमान्तर गरेर नगरस्तरीय विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय पनि गरेको छ ।
नगर परिषद्बाट विनियोजित मर्मतसम्भार कोषमा राखिएको रकमबाट एक लाख ५० हजार रुपैयाँ, मेलमिलाप केन्द्रको रु चार लाख र महिला सहकारी भवनको १० लाख रुपैयाँ बजेट रकमान्तर गर्ने निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
बैठकले अन्यत्रबाट घर आएका व्यक्तिलाई होम क्वारेन्टाइनमा राख्न वडास्तरीय समन्वय समितिलाई जिम्मेवारी दिने र गत चैतयता घर आएका स्थानीयलाई -यापिड डायग्नोष्टिक टेष्टका लागि अनिवार्य उपस्थित गराउन समन्वय गर्नेलगायतका निर्णय पनि गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया