हाम्रो नेपालमा, पीपीई माग्ने स्वास्थ्यकर्मीलाई जागिरबाट निकालियो

दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई पिपिई मागेको भन्दै जागिरबाट निकालेको खबर नयाँ पत्रिका दैनिकमा छ ।

प्रतिष्ठानले डाक्टर र स्टाफ नर्स गरी दुईजनालाई जागिरबाट हटाएको हो । प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीबाट आजित हुँदै डा.सृष्टि चौधरी र स्वास्थ्यकर्मी सिमेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन् ।

यो संकटको समयमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन गर्नुको साटो अनावश्यक रूपमा धम्क्याउने, स्वास्थ्य सामग्री माग्दा जागिरबाटै हटाइदिने गर्न थालेपछि बाध्य भएर डा.चौधरी र खड्काले राजीनामा दिएको प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?