काठमाडौंको पार्टी प्यालेसमा एनआरएनएको तरकारी बजार

गैरआवासीय नेपाली संघ (एनआरएनए)ले लकडाउनका वेला उपभोक्ताको सहजताका लागि बसुन्धरास्थित यती पार्टी प्यालेसमा तरकारी बजार सञ्चालन गरेको छ ।

सामाजिक उत्तरदायित्वअन्तर्गत संघले तरकारी प्याकेजिङ तथा बिक्रीस्थल सञ्चालन गरेको संयोजक युवराज गुरुङले बताए ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले तरकारी बजारको निरीक्षण गर्दै भाइरसको संक्रमणबाट जोगिन निस्संक्रमणयुक्त तरकारी बजार व्यवस्थापन गर्न आग्रह गरेकी छिन् । नयाँ पत्रिकामा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?