नेपाल प्रहरीका १९ एसपी एसएसपीमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १९ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन् ।

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले १९ जना एसपीहरुलाई एसएसपीमा बढुवा गरेको हो ।

एसपीबाट एसएसपीमा बढुवा सिफारिसमा पर्नेहरुमा वीरेन्द्रकुमार बस्याल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, ह्रृदय थापा, राजकुमार वैदवार, मुकेशकुमार सिंह र चन्द्रकुवेर खापुङ गृहमन्त्रालयले निकालेको विज्ञप्तीमा उल्लेख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?