काठमाडौं । भारतमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । सोमबार त्यहाँको बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका अधिकारीहरुलाई उद्धृत गर्दै यो सङ्ख्या अझै बढ्न सक्ने सञ्चारमाध्यम विजनेस लाईनले जनाएको छ ।
१ सय ६७ पत्रकारहरुको नमुना संकलन गरी परीक्षणका लागि पठाइएको थियो । ‘परीक्षणका लागि पठाइएको १ सय ६७ पत्रकारहरुको नमुनामध्ये ५३ जनाको कोभिड १९ रिपोर्ट पोजिटिभ आएको र ‘यो संख्या अझै बढ्न सक्छ ’ बृहन्मुम्बई म्युनिसिपल कर्पोरेशनका स्वास्थ्य समिति सदस्य अमे गोलेले बताएका विजनेस लाईनले जनाएको छ ।
कोरोना भाइरस रिपोर्ट पोजिटिभ आएका ५३ जनामा समाचार च्यानलका सम्वाददाता, क्यामेरापर्सन र फोटोपत्रकारहरु रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया