काठमाडौं । कोरोनाभाइरस सङ्क्रमणको महामारीबाट निकै प्रभावित बनेको एक्वडोरको ग्वाएआस क्षेत्रमा मृत्यु हुने व्यक्तिको अभिलेख जाँचिदा एउटा भयावह तथ्य पत्ता लागेको छ । एप्रिल महिनाका मध्यमा आई पुग्दा मृत्यु हुनेको सङ्ख्या ६,७०० भएको देखिएको छ । पुरानो तथ्याङ्कसँग तुलना गर्दा यो सङ्ख्या ५,००० भन्दा बढी हो ।
मृतकको सङ्ख्याले ग्वाएआस राज्यलाई देशको मात्रै नभई पूरै ल्याटिन अमेरिकाकै सबैभन्दा बढी कोरोनाभाइरस प्रभावित क्षेत्र बनाएको छ । अनि यो केवल कोभिड-१९ बाट भएको मृत्यु मात्रै होइन ।
महामारीका कारण अन्य स्वास्थ्य समस्या भएका र तत्काल उपचारको आवश्यकतामा रहेका बिरामीहरूले उपचार नपाएका कारण पनि मृत्यु हुनेको सङ्ख्या बढेको स्थानीय स्वास्थ्य अधिकारीहरू बताउँछन् ।

ग्वायाकिल – मृतकहरूको सहर
हामीले मरेका मानिसहरू कार, एम्बुलेन्स, घर र सडकमा भेटेका छौँ, ग्वायाकिलस्थित शवगृहमा कार्यरत एक कर्मचारीले भनिन् । सहरका घरबारविहीन केही मानिसहरू भोकका कारण सडकमै मरिरहेका छन् ।
उनीहरू अस्पतालमा भर्ना नहुनुको एउटा कारण बिरामी राख्ने शय्याको अभाव पनि हो। निजी क्लिनिकमा उनीहरू गए भने पैसा तिर्नुपर्छ र सबैले उपचारका लागि खर्च गर्न सक्दैनन्, उनले भनिन् । पच्चीस लाख जनसङ्ख्या रहेको यो सहर कोरोनाभाइरसबाट प्रभावित हुँदा शवगृहहरू थेग्नै नसक्नेगरी भरिएका छन् भने धेरैजसो बन्द भएका छन् ।
कर्मचारी नै सङ्क्रमित हुन सक्ने डरका कारण ती शवगृह बन्द भएका हुन् । उनीहरुको अन्तिम संस्कारका लागि समाधिस्थल थप्ने काम धमाधम भइरहेको छ । केही आफन्तहरूले घरबाहिर शव छोडेका छन् भने अन्यले ओच्छ्यानमै त्यत्तिकै छोडेका छन्। धेरै दिनदेखि तिनको अन्तिम संस्कार हुन सकेको छैन ।

ग्वायाकिलमा शव समाधिस्थ गर्न ठाउँ नपुगेकाले छिमेकी नगरहरूमा लैजाने गरिएको छ । चरम माग भएकाले कार्डबोर्डको शवपेटिका प्रयोग हुन थालेको छ। स्थानीय कैदीहरूले पनि काठका शवपेटिका बनाइरहेका छन् ।
बीबीसीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया