यी हुन् कोरोनालाई हराउने विश्वकै सबैभन्दा वृद्ध व्यक्ति

काठमाडौं । कोरोना भाइरसको चक्रव्युह तोडेर नयाँ जीवन पाएका अहिलेसम्मकै विश्वकै सबैभन्दा वृद्ध व्यक्ति हुन् १०४ वर्षका विलियम बिल ।

अमेरिकाको ओरेगन प्रान्तमा सन् १९१६ मा जन्मिएका बिल स्पेनिश फ्लू महामारी, महामन्दी र दोश्रो विश्वयुद्धलाई जितेर आएका व्यक्ति हुन् ।

उनलाई कोरोना संक्रमण भएपछि परिवार, डाक्टर सबै डराएका थिए र तर उनी कोरोनालाई जितेर घर गएका छन् । उनले गएको बुधवार मात्रै आफ्नो १०४ औँ जन्मदिन मनाएका थिए ।

उनलाई उपचार गर्ने डाक्टर रोब रिर्चडसन भन्छन्, कोरोना भाइरसले उनलाई थला पारेको देख्नेले उनीमाथि चमत्कार नै भएको मात्र सोच्ने गरेका छन् ।

उनकी छोरी क्यारोली ब्राउनले उनलाई अदभुत व्यीक्त बताएकी छन् । विलियमले सन् १९३९ मा अल्माडियासँग विवाह गरेका थिए ।

अल्माडियाको निधन सन् २००१ मा भएको थियो विलियमले दोश्रोयुद्धमा देशको सेवा गरेको उनकी छोरीले बताइन् ।

उनले दोश्रो विश्वयुद्धमा ट्रकबाट युद्धका सामाग्री तथा उपकरण आवश्यक ठाउँमा पुर्याउने काम गरेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?