काठमाडौं । भविष्यमा पनि कोरोना भाइरसको जोखिम सहरै बाँच्नुपर्ने अवस्था आउनसक्ने भन्दै त्यसका लागि तयार रहन एक स्वास्थविद्ले चेतावनी दिएका छन् । कोभिड –१९ का लागि विश्व स्वास्थ संगठनमा बेलायतको प्रतिनिधित्व गर्ने इम्पेरियल कलेज लण्डनका ग्लोबल हेल्थ प्रोफेसर डेभिड नाबार्रोले यस्तो चेतावनी दिएका हुन् ।
पर्यवेक्षकहरुसँग कुराकानी गर्दै नाबार्रोले चाडैं भ्याक्सिन बन्ने अनुमान गर्न नहुने बताए । उनले अहिले कायम रहेको जोखिमलाई सर्वसाधारणले अगिंकार गर्नुपर्ने हुनसक्ने बताए । ‘हरेक भाइरसविरुद्ध प्रभावकारी र सुरक्षित भ्याक्सिन तपाईले बनाउनुहुन्छ भन्ने छैन,’ उनले भने,‘जब भ्याक्सिन विकासको सवाल आउँछ तब केही भाइरस धेरै धेरै कठिन हुन्छन् । त्यसैले निकट भविष्यसम्मै यो भाइरस एउटा खतराका रुपमा रहदाँ हामीले आफ्नो जीवन चलाउनेबारे उपाय खोज्नुपर्छ ।’
उनले थपे, ‘यसको अर्थ रोगको संकेत देखिएका र उनीहरुको सम्पर्कमा आएकाहरुलाई आइशोलेट गर्ने हो । वृद्धवृद्धालाई सुरक्षित राख्नुपर्छ । त्यस्तै, रोगको उपचार गर्नसक्नेगरी अस्पतालको क्षमता बिस्तार गर्नुपर्छ । यो हाम्रा लागि नयाँ स्वभाविक अवस्था हुनेछ ।’
बेलायतमा कोरोना भाइरसका कारण अस्पतालमा ज्यान गुमाउनेको संख्या १५ हजार नाघेपछि उनको यस्तो चेतावनी सार्वजनिक भएको हो । शनिबार यस भाइरसका कारण बेलायतमा थप ८ सय ८८ जनाले अस्पतालमा ज्यान गुमाएका छन् । त्यस्तै, संक्रमितको संख्या ५ हजार ५ सय २५ ले बढेर १ लाख १४ हजार २ सय १७ पुगेको छ ।
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया