काठमाडौँ । स्वास्थ्य क्षेत्रमा विश्वकै लागि सबैभन्दा ठूलो चुनौति बन्दै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) को महामारीका कारण यो समाचार तयारपार्दासम्म विश्वमा १ लाख ५९ हजार ६५९ जनाको मृत्यु भएको छ भने २३ लाख २२ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।
त्यस्तै ५ लाख ९५ हजार ०९५ जना उपचार पछि निको भएका छन् भने ५५ हजार २१८ जनाको अवस्था गम्भीर रहेको छ । वोल्डोमिटरको अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा ७ लाख ३४ हजार ६ सय ३१ जनालाई संक्रमण भएको छ भने ३८ हजार ७७३ जनाको ज्यान गएको छ ।
यसैगरी २४ हजार ८ सय ९६ जना नयाँ संक्रमित आज थपिएका छन् भने अमेरिकामा आजै १६ सय १९ जनाको ज्यान गएको छ । संक्रमितमध्ये अमेरिकामा अझै १३ हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
साथै स्पेनमा शनिबारमात्रै थप ४१ जनाको ज्यान गएको छ भने ८८७ नयाँ संक्रमित थपिएका छन् । त्यहाँ २० हजार ४३ जनाको अहिलेसम्म ज्यान गएको छ भने १ लाख ९१ हजार ७२६ जनालाई संक्रमण भएको छ । त्यहाँ ७ हजार ३७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै इटालीमा यो समाचार तयार पार्दासम्म २३ हजार २२७ जनाको ज्यान गएको छ भने १ लाख ७५ हजार ९ यस २५ जनालाई संक्रमण भएको छ । त्यहाँ २ हजार ७ सय ३३ जनाको अवस्था गम्भीर रहेको छ ।
साथै फ्रान्समा अहिलेसम्म १९ हजार ३ सय २३ जनाको मृत्यु भएको छ भने १ लाख ५१ हजार ७ सय ९३ जनालाई संक्रमण भएको छ । त्यहाँ ५ हजार ८ सय ३३ जनाको अवस्था अझै गम्भीर रहेको छ । त्यस्तै जर्मनीमा आज थप ५१ जनाको महामारीका कारण मृत्यु भएको छ भने अहिलेसम्म मृतकको संख्या ४ हजार ४०३ जनाको मृत्यु भएको छ ।
यसैगरी १७ सय ७५ जना नयाँ संक्रमित थपिएसँगै जर्मनीमा जम्मा संक्रमितको संख्या १ लाख ४३ हजार १७२ पुगेको छ । साथै बेलायतमा अहिलेसम्म कोरोना भाइरसका कारण १५ हजार ४६४ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार २१७ जनालाई संक्रमण भएको छ ।
बेलायतमा आज मात्रै ८८८ जनाले ज्यान गुमाएका छन् भने आजै त्यहाँ ५ हजार ५२५ नयाँ संक्रमित थपिएका छन् । त्यस्तै चीनमा आज थप २७ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया