कोरोनाको कारण नाइजेरियाका राष्ट्रपतिको निजी सचिवको मृत्यु

काठमाडौं। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीका मुख्य सहयोगी अर्थात निजी सचिवको मृत्यु भएको छ ।

राष्ट्रपति मुहम्मदका मुख्य सहयोगी अब्बा क्यारीको शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोना पोजेटिभ देखिइए लगत्तै उनी अस्पतालमा भर्ना भइ उपचाररत रहेका थिए । हालसम्म नाइजेरियामा कोरोना संक्रमणका कारण १७ जनाको मृत्यु भएको छ भने ४९३ जना संक्रमित रहेको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?