काठमाडौं । युरोपीयन देश माल्टामा पनि कोरोना भाइरसको संक्रमणबाट २ नेपाली प्रभावित भएका छन् । करिब ४ लाख ९५ हजार जनसंख्या रहेको माल्टामा लगभग ३ हजार ५ सय जना नेपालीहरु बस्ने गर्दछन् ।
हालसम्म दुई जना नेपाली (पुरुष) लाई कोरोनाको संक्रमण देखिएको र उनीहरुको स्थिति अहिले सामान्य रहेको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) का सल्लाहकार सोम सापकोटाले बताए ।
हालसम्म माल्टामा कोरोना भाइरसका कारण ६० वर्षभन्दा माथिका ३ जनाले ज्यान गुमाइसकेका छन् । नेपालीमा भने मानवीय क्षति छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया