अमेरिकाको न्युयोर्कमा मात्रै १७ हजार नाघे मृतक, सात लाख बढीमा कोरोना संक्रमण

काठमाडौं- विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ‘कोभिड – १९’ को कारण अमेरिकाको न्यूयोर्कमा मात्रै १७ हजार बढीको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म (शनिबार बिहान ८: ४०) सम्मको तथ्यांकअनुसार कोरोनाबाट हालसम्म त्यहाँ १७ हजार एक सय ३१ जनाको मृत्यु भएको छ भने न्युयोर्कमा मात्र अहिलेसम्म दुई लाख ३३ हजार ९५१ जना मानिस संक्रमित भइसकेका छन् ।

अमेरिकाभर कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ । यो समाचार तयार पार्दासम्म ७ लाख १० हजार २१ जनामा संक्रमण देखिएको छ ।

चीनको वुहानबाट निस्किएको यो भाइरसको कारण सबैभन्दा प्रभावित बनेको अमेरिकामा अहिलेसम्म करिब ३७ हजार १५८ जना मानिसको मृत्यु भइसकेको छ ।

अमेरिकाको न्यु जर्सीमा पनि ३ हजार ८ सय ४० जना मानिसको मृत्यु भएको छ भने ७८ हजार ४ सय ६७ धेरै मानिस भाइरसबाट संक्रमित भइसकेका छन् ।

त्यस्तै शुक्रबारमात्रै ३२ हजार १ सय ६५ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार नै २ हजार ५ सय ३५ जनाको मृत्यु भएको छ ।

त्यहाँ हालसम्म कोरोना संक्रमणपछि निको भएर घर फर्कनेको संख्या ५८ हजार पाँच सय ८७ जना रहेको छ ।

गत डिसेम्बर अन्तिम साता चीनको वुहानबाट सुरु भएको भनिएको कोरोना भाइरसको कारण विश्वभर एक लाख ५४ हजार २ सय ६१ जना भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ भने २२ लाख ५० हजार ७५२ बढी मानिस संक्रमित भएका छन्। संक्रमितमध्ये निको हुनेको संख्या ५ लाख ७१ हजार १४५ जना रहेको छ ।

यस्तो छ थपिएका १४ जनाको ‘केस हिस्ट्रि’ (विवरणसहित )

सर्वोच्चको आदेशको केही घण्टामै प्रधानमन्त्रीको यस्तो ‘आदेश’

-यापिड टेष्ट गर्दा सर्लाहीमा एक जनामा देखियो कोरोना पोजेटिभ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?