काठमाडौं । यति बेला कोरोना भाइरस ९कोभिड १९० को कारण विश्व जगत नै समस्यामा परेको छ । महामारीको रुपमा फैलिएको कोरोनाको कारण यो समाचार तयार पार्दासम्म २२ लाख ३० हजार ४ सय ३९ जना संक्रमणमा रहेका छन् । भने १ लाख ५० हजार ८ सय १० जनाको मृत्यु भएको छ । त्यस्तै ५ लाख ६४ हजार २ सय १० जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
यसैगरी धेरै नेपालीहरु रहेको खाडी मुलुक कतारमा ४ हजार ६ सय ६३ हजार जनामा कोरोना संक्रमण देखिएको छ । भने ७ जनाको कोरोना भाइरसको कारण ज्यान गइसकेको छ ।
त्यस्तै अर्को देश युनााईटेड अरब इमिरेट्स ९युएई०मा कोरोनाको कारण हालसम्म ३५ जनाको ज्यान गइसकेको छ । र यो समाचार तयार पार्दासम्म त्यहाँ ५ हजार ८ सय २५ जना कोरोना संक्रमित रहेका छन् ।
श्रमको लागि नेपालीहरु रहेको मलेसियामा हालसम्म कोरोनाको कारण ८६ जनाको ज्यान गएको छ । त्यस्तै ५ हजार २ सय ५१ जना मानिस कोरोना संक्रमणको शिकार भएका छन् । भने आज मात्र २ ज्यानले गुमाएको तथ्यांकले देखाएको छ ।
अर्को खाडी मुलुक साउदी अरबमा हालसम्म ८७ जनाले कोरोनाको कारण मृत्यु भएको छ । भने हालसम्म त्यहाँ ७ हजार १ सय ४२ जना कोरोना संक्रमणको शिकार भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया