काठमाडौं । कोरोना महामारीले यस बेला सारा विश्वलाई ग्रस्त बनाएको छ । यसविरुद्धको औषधि बनाउन वैज्ञानिकहरु लागि परेका छन् ।
साथै डाक्टरहरु संक्रमितहरुको उपचारमा दिनरात खटिएका छन् । यसैबीच स्विडेनकी राजकुमारी सोफिया कोरोना भाइरसका संक्रमितहरुलाई उपचार गर्न आफैँ अस्पतालमा पुगेकी छन् ।
तीन दिने अनलाई प्रशिक्षण पूरा गरेर उनी कोरोना संक्रमितको उपचारका लागि अस्पतालमा गएकी हुन् ।
कोरोना संक्रमितहरुलाई उपचार गर्ने स्टोकहोम अस्पतालमा उनी स्वयंसेवक भएर काम गर्नका लागि पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

रोयल सेन्ट्रलका एक प्रवक्ताले कोरोनाको यो संकटमा राजकुमारी स्वयं अस्पतालमा आएर बिरामीको सेवामा खटिनु उदाहरणीय भएको बताएका छन् ।
उनले अस्पतालमा काम गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा अत्याधिक भाइरल बनेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया