कोरोनाबाट चिलीका चर्चित लेखकको निधन

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट चिलीका चर्चित लेखक लुईस सेपूलवेदाको निधन भएको छ । ७० वर्षीय लुईसको मृत्यु उत्तरी स्पेनमा भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

उनी आजभन्दा ६हप्ता अगाडि कोरोना भाइरसबाट संक्रमित भएका थिए । उनका प्रकाशक तस्केत्सले बिहीवार उनको निधन ओवियदोमा भएको जानकारी दिएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?