काठमाडौं । कोरोना भाइरसको महामारी ग्रस्त विश्वभर अहिलेसम्म संक्रमणबाट ८८ हजार ५०५ जनाको ज्यान गईसकेको छ भने ३ लाख ३० हजार ५८९ जना उपचार पछि निको भएका छन् ।
त्यस्तै १५ लाख १८ हजार ७७३ जनामा संक्रमण रहेको छ । त्यस्तै विश्वमा भाइरसका कारण ४८ हजार ७९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै फ्रान्समा अहिलेसम्म भाइरसका कारण १० हजार भन्दा धेरैको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म फ्रान्समा १० हजार ८६९ जनाको ज्यान गएको छ भने १ लाख १२ हजार ९५० जनामा संक्रमण देखिएको छ ।
त्यस्तै २१ हजार २५४ जन उपचर पछि निको भएका छन् । फ्रान्समा ७ हजार १४८ जनाको अवस्था गम्भीर रहेको छ । फ्रान्समा गएको २४ घण्टामा मात्रै ३ हजार ८८१ जनामा कोरोनाको संक्रमण पाइएको छ भने बुधवार मात्रै ५४१ जनाले ज्यान गुमाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया