इटालीमा कोरोनाको महामारी : एकैदिन ५४२ जनाको मृत्यु

काठमाडौं । विश्वकै लागि स्वास्थ्य चुनौति बनेको कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म सारा विश्वमा १५ लाख १८ हजार ७७३ जनामा संक्रमण पाइएको छ भने ८८ हजार ५०५ जनाको मृत्यु भएको छ ।

साथै ३ लाख ३० हजार ५८९ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट अत्याधिक प्रताडित देश इटालीमा अहिलेसम्म १७ हजार ६६९ जनाको ज्यान गएको छ भने १ लाख ३९ हजार ४२२ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै इटालीमा यो समाचार तयार पार्दा सम्म ३ हजार ६९३ जनाको अवस्था गम्भीर रहेको छ । त्यस्तै बुधवार मात्रै इटालीमा कोरोनाबाट संक्रमित थप ३ हजार ८३६ जनामा कोरोनाको संक्रमण पाइएको छ  भने बुधवारमात्रै इटालीमा कोरोना भाइरसको महामारीका कारण ५४२ जनाले ज्यान गुमाएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?