काठमाडौं । कोरोना भाइरसले आफ्नो प्रभाव विश्वका २०९ देशमा फैलाईसकेको छ । अहिलेसम्म विश्वभर ३ लाख ३० हजार ५८९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ८८ हजार ५०२ जनाले ज्यान गुमाईसकेका छन् ।
त्यस्तै अहिलेसम्म विश्वभर १५ लाख १८ हजार ७१९ जनामा संक्रमण पाईएको छ ।
कोरोना भाइरसबाट प्रभावित देश स्पेनमा अहिलेसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन् भने १ लाख ४८ हजार २२० जना कोरोनाका संक्रमितहरु रहेका छन् भने ४८ हजार २१ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।
स्पेनमा कोरोना भाइरसका ७ हजा ६९ संक्रमितहरुको अवस्था गम्भीर रहेको छ । स्पेनमा बुधवार मात्रै ७४७ जनाले ज्यान गुमाएका छन् ।
स्पेनमा संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गईरहेको छ । बुधवार मात्रै स्पेनमा थप ६हजार २७८ जनामा संक्रमण पाइएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया