रोकिएन प्रकोप, ८१ हजार बढीको को मृत्यु, कति छन् संक्रमित ?

काठमाडौं । कोरोना भाइरसको महामारी सारा विश्वले नै झेलि रहेको छ । सारा विश्वका लागि स्वास्थ्य चुनौती बनेको कोरोना भाइरसका कारण अहिलेसम्म सारा विश्वमा ८१ हजार ८५७ जनाको ज्यान गईसकेको छ भने यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या विश्वभरमा १४ लाख २३ हजार ६४२ पुगेको छ ।

त्यस्तै कोरोनाको उपचार पछि निको भएकाको संख्या ३ लाख १ हजार ६२३ रहेको छ । कोरोना भाइरसको महामारीबाट विश्वकै अति प्रभावित देशको पहिलो नम्बरमा रहेको इटालीमा अहिले सम्म १७ हजार १२७ जनाको ज्यान गईसकेको छ भने संक्रमितको संख्या १ लाख ३५ हजार ५८६ रहेको छ ।

अहिलेसम्म कोरोना भाइरस विश्वका २०९ देशहरुमा फैलिइसकेको छ । त्यस्तै स्पेनमा अहिलेसम्म कोरोनाको महामारीबाट १४ हजार ४५ जनाको मृत्यु भएको छ भने भाइरसबाट १ लाख ४१ हजार ९४२ जना संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ३ लाख ९४ हजार १८२ जनामा कोरोनाको संक्रकण देखिएको छ । मृतकको संख्या १२ हजार ७१६ पुगेको छ ।

त्यस्तै फ्रान्समा अहिलेसम्म १० हजार ३२८ जनाले भाइरसका कारण ज्यान गुमाएका छन् भने १ लाख ९ हजार ६९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा मृतकको संख्या अहिलेसम्म ३ हजार ३ सय ३१ पुगेको छ । त्यस्तै ब्रिटेनमा कोरोना भाइरसका कारण ६ हजार १ सय ५९ जनाको ज्यान गएको छ भने ५५ हजार २४२ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

कोरोना भाइरसको प्रकोप तीव्र गतिमा बढी नै रहेको छ । मानिसहरुले कोरोना भाइरसलाई लिएर बिभिन्न सवालहरु खडा गरेका छन् ।

सबै जना मानिसहरु कोरोना भाइरस कपडामा कति समय सक्रिय रहन्छ ? निर्जीव वस्तु छुँदा कोरोना भाइरस फैलिन्छ कि, फैलिदैन भन्ने प्रश्नहरु गर्न थालेका छन् ।

वास्तविकता र सत्य के हो त ? आउनुहोस् यस बारेमा जानीराखौँ ।

कोरोना भाइरस कपडामा कति समयसम्म सक्रिय रहन्छ ? के निर्जीव वस्तु छुँदा कोरोना फैलिन्छ ?

मेडिकल कन्ट्रीब्युटर डा.निकोल स्याफियरले एक अध्ययनका अनुसार कुनै पनि कार्डबोर्डमा यो भाइरस २४ घण्टासम्म सक्रिय रहने बताएका छन् ।

त्यस्तै कपडा जस्तो नरम सतहमा कोरोना भाइरस अत्याधिक लामो समयसम्म सक्रिय रहन्छ ।

उनले भने, ‘हामीसँग वास्तवमा निर्जीव वस्तुहरु छोएर संक्रमित भएको कुनै डेटा छैन, तर हामी सबैलाई आफ्नो स्वास्थ्य सुरक्षामा लागि पर्न तत्पर लाग्नुपर्नेमा अनुरोध गर्दछौँ ।’

कोरोना भाइरस कागजहरुमा २४ घण्टासम्म अर्थात १ दिनसम्म जीवित रहन्छ भने प्लाष्टिकमा ३ तथा स्टीलमा २ दिनसम्म सक्रिय रहन्छ । साथै तामामा भने जम्मा ४ घण्टासम्म भाइरस जीवित रहन्छ ।

कोरोना भाइरसको प्रकोप अत्याधिक फैलिरहेको छ । डा.निकोल भन्छन्, यस बेलामा जब म घर फर्किन्छु, तब आफूले लगाएको कपडा चेन्ज गरेर धुन्छु, आफू नुहाउँछु र मात्र घरभित्र पस्छु । त्यसैले तपाई पनि कतै बाहिर जानु भएको छ भने कोरोना भाइरसको प्रकोपबाट बच्न यो तरिका अपनाउनु होला

मलाई थाहा छ कि, यस्तो काम धेरै पटक गर्न सहज त पक्कै छैन, तर आफूलाई जीवित राख्न पनि यो काम गर्नै पर्दछ ।

सावधानी अपनाउँदै यसरी सबै आ-आफ्नो क्षेत्रबाट लागि पर्ने हो भने कोरोनालाई हराउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?