अमेरिकी पूर्व राष्ट्रपति क्यानेडीकी नातिनीको शव फेला, छोराको खोजी जारी

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ क्यानडीको परिवारका दुई सदस्य गएको दुई दिन यता हराएका थिए । सबै परिवार बिहीवार म्यारील्याण्डमा फ्यामिली ट्रिपमा गएका थिए ।

बेपत्ता भएकाहरुमा क्यानेडीकी नातिनी ४० वर्षीया ८ वर्षका उनका छोरा गिडोनमेव क्यानेडी म्याक्कीन तथा ८ वर्षीय उनका छोरा गिडोन रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सोमवार पुलिसले क्यानेडीकी नातिनीको शव भेट्टाएको थियो । उनको शव चाल्र्स काउण्टी डाइवमा भेट्टाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा खबर छ ।

पुलिसको रेस्क्यु टिमले उनको शव २५ फिट गहिराईबाट निकालेको बताईएको छ । त्यस्तै उनका छोराको खोजी अहिलेसम्म जारी रहेको छ ।

आमा र छोरा चेसापीक खाडीको नजिक बोटिङ गर्दा नदीमा बगेको सञ्चारमाध्यममा खबर छ । पुलिसले घटनाको अनुसन्धानका क्रममा डुङ्गा र पाइडल फेला परेको बताएको छ ।

गिडोन खोजी भईरहे पनि अहिलेसम्म फेला नपरेको बताएको छ । म्यारील्याण्डका गभर्नर ल्यारी होगनले यस बारेमा जानकारी दिएका छन् ।

मेव म्यारिल्याण्डकी पूर्व लेफ्टिनेन्ट गभर्नर क्याथलीन क्यानेडी टाउनसेन्डकी छोरी तथा रोबर्ट एफ क्यानेडीकी नातिनी हुन् । रोबर्ट एफ क्यानेडी अमेरिकाका पूर्व राष्ट्रपति जोन एफ क्यानेडीका भाई हुन् ।

रोबर्टको हत्या सन् १९६८ मा भएको थियो । त्यो बेला डेमोक्रेटिक पार्टीबाट उनी राष्ट्रपति पदका लागि उम्मेद्वार बनेका थिए ।

क्यानेडी परिवारमा अस्वभाविक मृत्युको सिलसिला लगातार देखिँदै आईरहेको छ । पछिल्लो समय लगभग ७५ वर्षमा क्यानेडी परिवारका १२ जनाको अचानक मृत्यु भएको छ ।

त्यस मध्ये कोहिको विमान दुर्घटनामा परेर मृत्यु भएको छ । अमेरिकाका पूर्व राष्ट्रपति जोन अफ क्यानेडीको पनि एक सार्वजनिक समारोहमा गोली हानेर हत्या भएको थियो ।

क्यानेडी परिवारका सदस्यहरुको मृत्युलाई अस्वभाविक भएको बताईदै आईएको छ । उनीहरुको अचानक मृत्यु हुनु एउटा ठूलो षड्यन्त्र भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?