अमेरिकाको फ्लोरिडा विमानस्थलमा आगलागी हुँदा जले ३५ सय कार

काठमाडौं । अमेरिकाको फ्लोरिडा अन्तर्राष्ट्रिय विमानस्थलको घाँसेमैदानमा आगलागी हुँदा ३५ सय कार जलेको अधिकारीले जनाएका छन् । शुक्रबारबाट शुरु भएको आगलागीका कारण विमानस्थलको ६ हेक्टरभन्दा बढी जमिनमा आगो फैलिएको थियो र सुरुमा त्यहाँ रहेका २० वटा भाडाका कार जलेको फोर्ट मायर्सको फायर डिपार्टमेन्टले जनाएको छ ।

आगो नियन्त्रणमा आउँदासम्म तीन हजार पाँच सय कार जलिसकेका थिए ।

आगलागी सुरु भएको १८ घन्टापछि शनिबार नियन्त्रणमा आएको थियो । आगलागीको कारण भने अझै खुलिसकेको छैन । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?