जापानमा ६ महिनासम्म आपतकालको घोषणा गर्ने तयारी

काठमाडौं । जापान सरकारले कोरोना भाइरस (कोभिड-१९) को खतरालाई मध्यनजर गर्दै ६ महिनासम्म लागू हुनेगरी आपतकालको घोषणा गर्ने भएको छ ।

मंगलबारदेखि एक महिनासम्म आपतकालको घोषणा गर्ने तयारी गरेको सीएनएनले जनाएको छ । देशमा आपतकालको घोषणा भएपनि आवश्यक आर्थिक गतिविधि’ सञ्चालन हुने जनाइएको छ। सुपरमार्केट खुल्नेछन् । आपतकालबाट टोकियो, कानगावा, सैतमा, चिबा, ओसाका, ह्योगो र फुकुओका बढी प्रभावित हुने सरकारी अधिकारीले बताएका छन् ।

आपतकालको निम्तिने आर्थिक मन्दिसँग जुध्न सरकारले ९ सय ८९ अर्ब अमेरिकी डलरको राहत प्याकेज पनि घोषणा हुने उल्लेख गरिएको छ । हालसम्म जापानमा ३ हजार ६५४ कोरोना संक्रमित पुष्टि भएका छन् भने ८५ जनाको मृत्यु भइसकेको छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?