काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै फैलिएको छ । विश्वका चर्चित व्यक्तिहरुलाई कोरोनाले आफ्नो शिकार बनाइसकेको छ ।
यसैबीच ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनकी गर्लफ्रेन्ड क्यारी साइमन्ड्समा पनि कोरोनाको लक्षण देखिएको छ । उक्त कुराको जानकारी स्वयं साइमन्ड्सले दिएकी छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमा एक पोस्ट शेयर गर्दै उनले कोरोना भाइरसको जस्तै केहि लक्षण महशुस गरिहेको बताएकी छन् ।

उनले अहिले आफ्नो कोरोनाको टेस्ट नभईसकेको तर आफूमा कोरोना भाइरसको लक्षणहरुको महशुस गरिरहेको बताएकी छन् ।
यो भन्दा अगाडि ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाको टेस्ट पोजेटिभ पाइएपछि उनी अहिले आइसोलेसनमा छन् । उनी सरकारको कामकाजहरु भिडियो कन्फ्रेन्स मार्फत गरिरहेका छन् ।
ब्रिटेनमा अहिलेसम्म कोरोना भाइरसका कारण ४ हजार ९३२ जनाको ज्यान गएको छ भने ४७ हजार ८०६ जनामा कोरोनाको संक्रमण देखिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया