काठमाडौं । सारा विश्व अहिले कोरानाको महामारीसँग लडिरहेको छ । कोरोनाको महामारीले सारा विश्वलाई नै तहसनहस बनाएको छ ।
अमेरिकामा अहिलेसम्म कोराना भाइरसका कारण ८ हजार ४५४ जनाको ज्यान गएको छ भने ३ लाख ११ हजार ६३७ जनामा संक्रमण देखिएको छ ।
अमेरिकाको न्युयोर्क कोरोना भाइरसबाट अत्याधिक प्रभावित बनेको छ । यसैबीच अमेरिकालाई सहयोग गर्न चीन अघि सरेको छ । चीनले अमेरिकालाई १ हजार भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकामा फैलिरहेको कोरोना महामारीलाई मध्यनजर गर्दै चीनले सहयोग गरेको हो । अमेरिकामा भेन्टिलेटरको अभाव भएसँै चीनले १ हजार भेन्टिलेटर न्युयोर्कका लागि सहयोग गरेको बताएको छ ।
न्युयोर्कमा मात्रै कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार ५६५ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७७५ जना कोरोनाका संक्रमित रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया