अष्ट्रेलियामा तीव्र गतिमा फैलिँदै कोरोना, कति पुगे मृतक ?

काठमाडौं । कोरोना भाइरसको प्रकोपबाट अहिले सारा विश्व ग्रस्त छ । प्रत्येक दिन हजारौँको संख्यामा कोरोना भाइरसको कारण मानिसहरुको मृत्यु भईसकेको छ ।

अष्ट्रेलियामा कोरोना भाइरसका कारण यो समाचार तयार पार्दासम्म ३४ जनाको मृत्यु भएको छ । साथै ५ हजार ६८७ जनामा कोरोनाको संक्रमण देदिएको छ ।

साथै अष्ट्रेलियामा १३७ जनामा आज मात्रै कोरोनाको संक्रमण पाईएको हो ।

न्यु साउथ वेल्सका स्वास्थ्य अधिकारीले रुबी प्रिन्सेज क्रुज शिपका तीन यात्री सहित ४ जनाको शनीवार राती मृत्यु भएको जानकारी दिएका छन् ।

योसँगै अष्ट्रेलियामा मृतकको संख्या ३४ पुगेको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?