कोरोनाबारे पत्ता लाग्यो नयाँ तथ्य, वैज्ञानिकहरुले गरे यस्तो दाबी !

काठमाडौं । कोरोना भाइरसले जसरी फरक फरक मानिसहरुलाई आफ्नो शिकार बनाईरहेको छ, त्यसरी नै संक्रमितहरुमा आफ्नो असर पनि बदलिरहेको पाईएको छ ।

पहिलो रिसर्चमा वैज्ञानिकहरुले कोरोना भाइरसको प्रभावबाट बोल्ने तथा सुँघ्ने क्षमता कम हुने गरेको तथ्य पत्ता लगाएका थिए । तर भर्खरै मात्र भएको एक शोधमा वैज्ञानिकहरुले कोरोना भाइरसका कारण स्मरण शक्ति गुमाउन सक्ने खतरा रहेको पत्ता लगाएका छन् ।

किनभने कोरोना भाइरसले दिमागका केहि भागहरुलाई प्रभावित गर्ने गर्दछ । यस कुराको पुष्टि पिट्सवर्ग युनिभर्सिटी सहित संसारका न्युरोलजिस्टहरुले गरिरहेका छन् ।

डाक्टरका अनुसार कोरोना भाइरस संक्रमितहरुको घाँटी र फोक्सोलाई धेरै प्रभावित गर्दछ । साथै कोरोना भाइरसले दिमागलाई पनि असर गर्ने गरेको नयाँ शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

शोधमा कोरोनाबाट पीडित केहि रोगीहरुमा यसको असर देखिएको हो । एक्सपर्ट्सले यसलाई ब्रेन डिसफंक्सनको नाम दिएको छ ।

शोधका अनुसार कोरोना पीडितको स्मरण शक्ति बिस्तारै कम हुँदै गएको र शिरमा दुख्ने गरेको र बिस्तारै बिस्तारै मेमोरी पनि लस हुँदै गएको कुरा पत्ता लागेको छ ।

कोरोनाले संक्रमितको दिमागलाई कसरी प्रभावित गरिरहेको छ भन्ने कुराको उदाहरण मिशिगनको डेट्रायटमा साम्ने आएका घटनाहरुबाट देख्न सकिन्छ ।

त्यहाँ लगभग ५० वर्षकी एक महिला एयरलाइन्स कर्मीलाई कोरोना संक्रमण भएको थियो । उनले टाउको दुखेको बताएकी थिइन् ।

जब ति महिलाको ब्रेन स्क्यानिङ गरियो तब,दिमागकका केहि भागह भिन्ना भिन्नै प्रकारको बनेको शोधले आफ्नो रिपोर्टमा बताएको छ ।

साथै दिमागको एक भागको केहि कोशिकाहरु ड्यामेज भएका थिए । डाक्टरहरुले उनलाई दिमागको स्थिती गम्भीर रहेको भन्दै अस्पताल भर्ना गरेको थियो ।

र उक्त रोगलाई एक्युट नेक्रोटाइजिङ एनसेफेलोप्याथी नाम दिएको थियो । त्यस्तै एक हेनरी फोर्ड हेल्थ सिस्टमका न्युरोलजिस्ट डाक्टर एजिसा फोरेले कोरोना संक्रमण पछिको केहि दिनमै दिमागमा टचर हुने र बढ्दै जाने गरेको बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?