कोरोना भाइरस : न्युयोर्कमा एकैदिन ५६२ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण केहि देशहरुमा हरेक दिन सयौँ मानिसहरुको मृत्यु भईरहेको छ ।

त्यसमध्ये अमेरिका, स्पेन, इटाली, ब्रिटेन, जस्ता देशहरुमा अधिकांश दिन सय भन्दा धेरै मानिसहरुको भाइरसका कारण मृत्यु भईरहेको छ ।

अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको कारण एकै दिनमा ५६२ जनाको मृत्यु भएको छ । यो अमेरिकाको न्युयोर्क शहरमा एकैदिनमा अहिले सम्मकै सर्वाधिक मृत्यु हुनेको संख्या हो ।

गएको २४ घण्टामा अमेरिकामा ५६२ जनाले ज्यान गुमाएका हुन् । गभर्नर एन्ड्रयु क्योमोले अत्याधिक आवश्यक परेको अस्पतालहरुमा भेन्टीलेटर्स र रक्षात्मक उपकरणलाई पुनः वितरण गर्न मञ्जुरी दिएका छन् ।

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या अहिलेसम्म ७ हजार ४०६ रहेको छ भने संक्रमितको संख्या २ लाख ७७ हजार ६०७ रहेको छ । न्युयोर्कमा अहिलेसम ३ हजार २१८ जनाले ज्यान गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?