कोरोना महामारी : चीनले गर्यो यस्तो निर्णय

काठमाडौं । कोरोना भाइरसको उद्गमस्थल चीनको हुबेई प्रान्तस्थित वुहान शहरलाई अहिलेसम्म मान्ने गरिएको छ । तर चिनियाँ वैज्ञानिकहरुले भने चीनको वुहान शहरबाट कोरोना नफैलिएर अन्तैबाट आएको हुन सक्ने बताएका छन् ।

चीनले हालैमात्र कोरोना भाइरसको महामारीविरुद्ध लड्ने १४ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ । उक्त १४ जना व्यक्तिहरु सबै मेडिकल कर्मी रहेका छन् ।

जसले कोरोना संक्रमितहरुको उपचार गर्दा गर्दै आफ्नो ज्यान गुमाएका थिए । उनीहरु सबैले कोरोना संक्रमितहरुको उपचार गर्दागर्दै ज्यान गुमाउनुपरेको थियो ।

१४ जनाको यो टिममा डा. वेनलियांग ली पनि छन् । जसले सबैभन्दा पहिला कोरोना भाइरसको बारेमा जानकारी दिएका थिए ।

चीनले यो टोलीलाई भन्यो ‘रोल मोडल’

चीनका सञ्चारमाध्यमहरुका अनुसार कोरोना भाइरससँग लड्दा-लड्दै ज्यान गुमाएका १४ सदस्यहरुलाई ‘रोल मोडल’ले सम्बोधन गर्दै शहीद घोषणा गरिएको छ ।

१४ जनाको टिममा वान्ग बिन्ग, फेन्गशाओलिन, जियैंग शोकिंग, लियू शिमिंग, ली वेन्लियान्ग, ज्यांग कान्गमे, शाओ जुन, वु यान्ग, लियु फ्यान, शिया सीसी, हुवांग वेनजुन, मे जोंगमिंग, पेंग यिनहुआ र लिआओ जियाजुन रहेका छन् ।

उनीहरुलाई मेडिकल स्टाफ र समस्यालाई बचाएको भन्दै ‘रोल मोडल’ले सम्बोधन गरिएको हो ।

‘ली’को मृत्युलाई लिएर सरकारसँग रिसाएका थिए नागरिक

डिसेम्बर सन् २०१९ को अन्तिम दिन ३१ डिसेम्बरमा वुहान शहरको अस्पतालमा भाइरसको पहिलो मामिला साम्ने आएको थियो ।

त्यस बेला वेनलियांगले आफ्ना सहकर्मीहरुलाई सोसल मिडियामा उक्त भाइरसको बारेमा बताएका थिए । उनले बताएका थिए कि, देशमा सार्स जस्तै भाइरस पुनः पैदा भएको छ ।

वेनियांगको कोरोना भाइरसको संक्रमणका कारण फेब्रुअरीमा मृत्यु भएको थियो । वेनलियांगको मृत्यु पछि चीन सरकारमाथि जनताले रिस पोखेका थिए ।

त्यसबेला जनताले चीन सरकारमाथि रिस पोख्दै सरकारले लीको कुरा मानेको भए यो संक्रमण आज यसरी नफैलिने बताएका थिए ।

पूरा युरोप कोरोना कहर खेप्न बाध्य

कोरोना भाइरसले सबैभन्दा पहिला चीनलाई प्रताडित बनाएको थियो । भाइरसका कारण चीनमा अहिलेसम्म ३ हजार ३ सय १८ जनाले ज्यान गुमाएका छन् भने ८१ हजार ६ सय २० जनामा संक्रमण देखिएको छ ।

त्यसपछि अहिले कोरोनाको कारण अत्याधिक प्रभावित देशको पहिलो सूचीमा युरोपियन देश इटाली रहेको छ ।

इटालीमा हालसम्म कोरोना भाइरसबाट १३ हजार ९ सय १५ जनाले ज्यान गुमाएका छन् भने,१ लाख १५ हजार २ सय २४ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अर्काे प्रताडित युरोपीय देश स्पेनमा अहिलेसम्म कोरोना भाइरसका कारण १० हजार ३ सय ४८ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १ लाख १२ हजार ६५ पुगेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?