पाकिस्तानी अदालतद्धारा अमेरीकी पत्रकारको हत्याराको सजायमा कटौती

काठमाडौं । पाकिस्तानको सिन्ध उच्च अदालतले बिहीबार अमेरिकी पत्रकार डेनियल पर्लको हत्याका मुख्य आरोपी अहमद उमर सईद शेखको सजाय घटाएको छ । यसअघि शेखलाई अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो तर अब यो सजाय घटाइएको छ र शेखलाई ७ बर्षको कारावासको सजाय दिइएको छ। बाँकी तीन आरोपीलाई भने मुक्त गरिएको छ । तीनै जनालाई पहिले आजीवन कारावासको सजाय सुनाइएको थियो । यी तीन जनाको नाम फहाद नसीम, सलमान साकीब र आदिल हुन् ।

यता शेखका वकिलले भने कि शेख विगत १८ बर्षदेखि जेलमा छ, त्यसैले ७ बर्षको सजाय पुरा भईसक्यो । यसकारण उनको रिहाइको आदेश केही समयमै आउनसक्छ र उनी पनि केही दिनमै रिहा हुनेछन् । पर्लको हत्या पछि शेखले पाकिस्तानी सेनाका अधिकारी ब्रिगेडियर एजाज शाहसमक्ष आत्मसमर्पण गरेका थिए । शाह हाल पाकिस्तान सरकारमा गृहमन्त्री छन्। शेख मन्त्री भएपछि यसप्रकारको फैसला आएको हुनसक्ने अनुमान लगाईदैछ ।

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बोर्डका सदस्य तिलक देवेश्वरले बताए कि उमर शेख पक्राउ हुनु अघि ब्रिगेडियर एजाज शाहलाई आत्मसमर्पण गरेका थिए । त्यसकारण शाहले हाल आफु गृहमन्त्री भएको बेला उनको रिहाईको वातावरण बनेको छ ।

यसअघि पीपीपी अध्यक्ष बिलावल भुट्टो जरदारीले इमरान खानमाथि डेनियल पर्लको हत्यारालाई गृहमन्त्री बनाएको आरोप लगाएका थिए । शाहलाई गृहमन्त्री बनाउँदा बिलावलले इमरान खानलाई भनेका थिए कि तपाईंले अन्तर्राष्ट्रिय समुदायलाई नराम्रो सन्देश दिदै हुनुहुन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?